३ लाख नगदसहित महिला भलिबल खेलाडीलाई सम्मान

Posted on: 26 Nov, 2019

मंसिर १०, काठमाडौं | राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई सरकारले ३ लाख नगदसहित सम्मान गरेको छ | मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि  बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गरेको हो |

कार्यक्र्ममा अर्थमन्त्री युवराज खतिवडाले खेलाडीलाई जनही ३ लाख् नगद प्रदान गरेका थिए भने  प्रदान गरेका थिए भने युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सम्मानपत्र प्रदान गरेका थिए | सो टोलीले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेर नेपालको खेल क्षेत्रको सानलाई अझै माथि उठाउने खेलकुदमन्त्री विश्वकर्माले बताए |

सरकारले बंगलादेशमा ऐतिहासिक उपाधि जिते लगत्तै नेपाली महिला टिमलाई जनही ३ लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो | गत कात्तिक २८ गते भएको फाईनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलो ऐतिहासिक अन्तराष्ट्रिय उपाधि जितेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!