आज १३ औं सागको उद्घाटन हुँदै, साढे ६ हजारको सहभागिता रहने

Posted on: 01 Dec, 2019

मंसिर १५, काठमाडौँ  | आज आइतबार दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन हुँदैछ | साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ | मंसिर १५ देखि मंसिर २४ सम्म चल्ने खेलकुदमा दक्षिण एसियालि देशहरु  नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्ससहभागीहुने छन् | 

उक्त प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक सहित  ६ हजार ५०० ले सहभागिता जनाउँदै  छन् | जसमध्ये ३ हजार खेलाडी, १ हजार अफिसियल, २ हजार २७० रेफ्री, जज र जुरी रहनेछन् | जसमा २८ खेल हुनेछन भने ३१६ स्वर्णसहित १ हजार १११ पदकका लागि प्रतिस्पर्धा हुनेछ |

नेपाली कला–संस्कृति झल्कने झाँकी प्रस्तु गरेर अर्थात  कलाकारको प्रस्तुति रहने छ जस मार्फत स्वागत गरिनेछ | सबै देशका खेलाडीहरु मार्चपास सहित आ-आफ्नो झण्डा बोकेर सहभागी हुनेछन | प्रतियोगिता पोखरा, जनकपुर र काठमाडौँमा सम्पन्न हुनेछ |आठ खेल पोखरामा हुनेछन भने  कुस्ती प्रतियोगिता जनकपुरमा हुनेछ, बाँकी खेलहरु काठमाडौँमा हुने आयोजकले जनाएको छ | 

जसमा साढे १९ हजार सुरक्षाकर्मी परिचालन गरिएकोछ | काठमाडौँ आउने खेलाडीको लागि ५० भन्दा बढी होटल बुक गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!