साग कराँतेमा नेपाललाई पहिलो रजत

Posted on: 02 Dec, 2019

मंसिर १६, काठमाडौं | नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी छन् | उनले बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै  नेपालका तर्फबाट फाइनल पुगेकी थिइन्  |

उनले २४.६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५.२८ अंक हात पारेपछि  पाकिस्तानकी साहिदासँग पराजित भइन्  | पाकिस्तानले स्वर्ण पदक जितेकोछ भने,श्रीलंकाले कास्य पदक जितेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!