महिला किर्केटमा अञ्जलीले राखिन विश्व कीर्तिमान

Posted on: 02 Dec, 2019

मंसिर १६, पोखरा | १३औं दक्षिण एसियाली खेदकुद (साग)मा अन्जली चन्दको कीर्तिमानी बलिङ गरेकी छन् | नेपालले  माल्दिभ्स  १० विकेटले पराजित गर्दै विजयी भएको हो | पोखरामा जारी उक्त खेलमा  टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन जोडेको थियो | जसलाई नेपालले पहिलो ओभरमै पुरा गरेको छ |

चार रङ अतिरिक्त र काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् | एक रन पनि नदिई तीन विकेट लिन सफल अञ्जली चन्दको बलिङ कीर्तिमानी रह्यो | उनले नवौं ओभरमा पनि दुई विकेट लिइन् त्यस्तै ११ औं ओभरको पहिलो बलमै विकेट लिँदै उनले हृयाट्रिक पूरा गरेकी हुन् |

जम्मा २.१ ओभर बलिङ गरेकी उनले एक रन पनि दिइनन् र ६ विकेट लिइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!