१३ औं साग : कुन-कुनमा जित्यो नेपालले (सुचिसहित)

Posted on: 02 Dec, 2019

मंसिर १६, काठमाडौँ | नेपालमा जारी १३ औं दक्षिण एसियली खेलकुद (साग) मा हाल सम्म नेपालले ९ वटा स्वर्ण जितेको छ | नेपालले तेक्वान्दो र कराते खेलमा सफलता प्राप्त गरेको छ | करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा नेपालका लागि लक्ष्मण तामाङले बंगलादेशका मोहम्मद मुस्तफालाई १–० ले हराउदै स्वर्ण पदक जितेका हुन् |


 यससँगै करातेमा नेपालको चार स्वर्ण पदक जितेको छ | सोमबार नेपाले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ | एकल काता महिनामा नेपालले रजत पदक जितेको थियो | नेपालका स्वर्ण पदक विजेताहरुमा कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ,कराते (टिम काता, महिला),कराते (टिम काता, पुरुष),कराते (५५ केजी)  लक्ष्मण तामाङ,तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ,


तेक्वान्दो पुम्से, ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु, तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ,तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य, ट्रायथलोन – सोनी गुरुङ रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!