सागमा नेपाललाई १०० औं स्वर्ण

Posted on: 04 Dec, 2019

मङ्सिर १८, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको १०० स्वर्ण पुगेको छ ।

बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् ।


तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत सातदोबाटोमा भएको तेक्वान्दो प्रतियोगितामा नेपाल र भारतबीच प्रतिस्पर्धा  गर्दै खेलाडी । तस्वीरः रत्न श्रेष्ठ÷रासस



यस बिषयमा तपाइको प्रतिक्रिया...!