साग पदक: भारतले नेपाललाई उछिन्न्यो, पदक तालिकाको पछिल्लो अपडेट हेर्नुहोस्

Posted on: 05 Dec, 2019

मङ्सिर १९, काठमाडौँ | नेपालमा जारी दक्षिण एसियाली खेलकूद (साग) मा बुधबारसम्म सबैभन्दा शिर्ष स्थानमा रहेको नेपाललाई पछी पार्दै भारत अगाडी बढेको छ । यो समाचार तयार पार्दा नेपालले कुल ७४ पदक जित्दा भारतले ७७ पदक जितेको छ त्यसमा सबैभन्दा महत्वपूर्ण रहने स्वर्ण पदकमा भारतले नेपालको भन्दा ६ वटा बढी स्पवर्दण पदक जितिसकेको छ । भारतले २८ रजत पदक जितेको छ भने १३ कास्य पदक जित्न सफल भएको छ । 

दोश्रो स्थानमा रहेको नेपालले कुल ७४ पदक जितेकोमा ३० वटा स्बवर्जेण पदक जितेको छ भने १६ रजत र २८ कास्सय पदक हात पारेको छ । 

तेस्रो स्थानमा पाकिस्तान छ । जसले कुल ४६ पदक जितेकोमा कुल स्वर्ण पदकको शंख्या १० पुर्याएको छ भने १८ रजत र १८ कांस्य पदक जितेको छ । त्यस्तै पाकिस्तान पछि चौथो स्थानमा रहेको श्रीलंकाले ९ स्वर्ण, २३ रजत र ४२ कांस्यसहित कुल ७४ पदक हात पारेको छ । 

उता पाँचौ स्थानमा बंगलादेशले ४ स्वर्ण, ७ रजत र २७ कांस्यसहित कुल ३८ पदक जितेको छ भने माल्दिभ्सले हालसम्म १ मात्र स्वर्ण जितेको छ । माल्दिभ्सले हालसम्म कुल ३ पदक जितेकोमा २ कास्य पदक रहेका छन् । 

पदक बिजेता तालिकाको सबैभन्दा पुछारमा रहेको भुटानले भने हालसम्म ४ कांस्य पदक मात्र जितेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!