साइक्लिङमा नेपाललाई स्वर्ण, स्वर्ण संख्या ३१ पुग्यो

Posted on: 05 Dec, 2019

मङ्सिर १९, काठमाडौँ | नेपालले साइक्लिङलाई अर्को स्वर्ण पदक जितेको छ । काठमाडौं, गोकर्णमा भएको प्रतिस्पर्धामा लक्ष्मी मगरले नेपालको लागि जारी सागमा ३१ औं स्वर्ण जितेकी हुन् ।

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा साइक्लिङमा नेपालले जितेको यो तेस्रो स्वर्ण हो । 


साइक्लिङमै उषा खनालले रजत पदक जितेकी छन् । यो समाचार तयार पार्दासम्म नेपालले कुल ७६ पदक जितेकोमा १७ रजत र २८ कास्य सहित नेपालको अहिलेसम्मको कुल पदक संख्या ७६ पुगेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!