१३औं साग :भारतलाई पछि पार्दै ५ हजार मिटर दौडमा नेपालले जित्यो स्वर्ण

Posted on: 06 Dec, 2019

मंसिर २०, काठमाडौँ | नेपालमा जारी रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को एथ्लेटिक्स अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् | दोश्रो स्थानमा भारत रहेको छ | नेपालका लागि गोपीचन्द्र पार्कीले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गरेका हुन् | 


त्यस्तै दोस्रो स्थान भारतीय धावकले हात पारे। भारतका सुनील धावरले १४ मिनेट ५५.२१ सेकेन्डमा पुरा गरेका हुन् | भारतले अग्रता लिइरहेको अवस्थामा पनि गोपीले अन्तिम अवस्थामा दौड हात पारेका हुन् |

कास्य पदक पनि नेपालकै धावकले जितेका छन् | नेपालका हरिकुमार रिमालले निर्धारित दुरी १४ मिनेट ५७.०५ सेकेन्डमा पूरा गरी जिथात पारेका छन् | यो संगै सागमा नेपालको स्वर्ण संख्या ३७ पुगेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!