श्रीलं‌कालाई २ रनले पराजित गर्दै बंगलादेशले जित्यो महिला क्रिकेटको उपाधि

Posted on: 08 Dec, 2019

मंसिर २२, पोखरा | नेपालमा जारी १३ औं साग को महिला टि–२० क्रिकेटको उपाधि बंगलादेशले जितेको छ | लो–स्कोरिङ म्याचमा श्रीलंकालाई २ रनले हराउदै जित हातपारेको हो |


टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो | श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार विकेट लिइन् | दुई विकेट मात्र बाँकी रहदा  श्रीलंकालाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो | तर, बंगलादेशले ४ रन मात्र जोड्न सक्यो |

दुवै ब्याट्सम्यान आउट भएपछि श्रीलंका ८९ रनमा अलआउट रह्यो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!