साग फुटबलमा नेपाल-बंगलादेश भिड्दै, पहिलो हाफ सकिंदा १-० को स्कोर

Posted on: 08 Dec, 2019

मङ्सिर २२, काठमाडौं | दक्षिण एसियाली खेलकुद अन्तर्गत अहिले नेपाल र बंगलादेश भिड्दैछन् । खेलको पहिलो हाफ सकिंदासम्म नेपालले बंगालादेश विरुद्ध पहिलो गोल गरेको छ । 

आइतबार दशरथ रंगशालामा जारी खेलमा नेपालले बंगलादेश विरुद्ध सुरुवाती १० मिनेट मा नै अग्रता लिएको हो । सुनिल बलले नेपालका लागि गोल गरेका हुन् । सुजल श्रेष्ठको पासमा सुनिल बलले नेपालका लागि गोल गर्दै अग्रता दिलाएका हुन् ।  

फाइनलमा पुग्नका लागि नेपाललाई कम्तीमा बराबरीको आवश्यकता छ भने बंगलादेशको लागि फाइनल खेलमा पुग्न नेपाललाई जित्नैपर्ने हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!