बंगलादेशलाई हराउँदै नेपाल साग फुटबलको फाइनलमा प्रवेश

Posted on: 08 Dec, 2019

मङ्सिर २२, काठमाडौं । नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्ण पदकका लागि मङ्सिर २४ गते नेपालले भुटानसँग फाइनल खेल खेल्नेछ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिएको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल उत्कृष्ट गोल गरेका थिए । 


दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्दै बंगलादेशलाई कुनै गोल गर्न दिएन ।  नेपालले जारी सागको पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

नेपालले यसअघि दुई पटक साग फुटबलमा स्वर्ण जितेको थियो । सन १९९९ र २०१६ मा स्वर्ण जितेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!