१३औं सागमा आज कुन-कुन खेल हुदैछन् ?

Posted on: 09 Dec, 2019

मंसिर २३, काठमाडौँ | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा आज पोखरामा आर्चरीको चार स्वर्णका लागि प्रतिस्पर्धा हुदैछ | त्रिपुरेश्वरस्थित कबर्डहलमा बास्केटबलको सेमिफाइनलमा नेपाल र भारतबीच खेल हुनेछ |

त्यस्तै बक्सिङका फाइनलका प्रतिस्पर्धा सुरु हुनेछन् भने फेन्सिङको अन्तिम दिन सोमबार ३ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ | महिला फुटबलको स्वर्णका लागि नेपाल र भारतबीच पोखरा रंगशालामा खेल हुनेछ | जुडोको ७ वटा स्वर्णका लागि, सुटिङ र स्क्वास, ८ स्वर्णका लागि पौडीमा पनि अन्तिम दिन  सोमबार नै हुनेछ |

त्यस्तै जनकपुरमा २ स्वर्णका लागि  कुस्ती हुनेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!