यसरी गरे सागका विजेता खेलाडीहरुले नगर परिक्रम

Posted on: 13 Dec, 2019

मंसिर २७, काठमाडौं | नेपालमा सम्पन्न भएको  १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुले नगर परिक्रम गरेका छन् | ५१ स्वर्ण जितेको नेपालले सागमा भारत पछिको दोश्रो विजेता बनेको थियो | 


उनीहरुलाई पानीले भिजाएको छ | दशरथ रंगशालाबाट विजेता खेलाडीहरुको नगर परिक्रम सुरु भएको हो | राष्ट्रिय खेलकुद परिषदका अनुसार उक्त परिक्रम र्याली न्युरोड, इन्द्र चोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ |

पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा आएर समापन हुने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!