चेन्नईलाई हराउँदै राजस्थानको विजयी सुरुवात

Posted on: 23 Sep, 2020

अशोज ७, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन १३ को खेलमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हात पारेको हो ।

चेन्नईले जितका लागि २ सय १७ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा पुरै २० ओभरको खेलमा ६ विकेट गुमायर २०० रनमात्र जोड्न सक्यो । राजस्थानका लागि टेवाटियाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । आर्चर, गोपाल र करनले १-१ विकेट हात पारे ।


त्यसअघि युएईको शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १६ रनको फराकिलो स्कोर खडा गरेको थियो । राजस्थानलाई विशाल योगफलमा पुर्याउन सञ्जु स्यामसन र स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरे । युवा ब्याट्सम्यान सञ्जु स्यामसनले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ९ छक्का र १ चौका सहित ७४ रन बनाए । स्यामसनले मात्र १९ बलमा अर्ध शतक पूरा गरेका थिए । स्याम्सन १२ औं ओभरको चौथो बलमा लुन्गी एनगिडीले दीपक चहरबाट क्याच आउट भए । त्यस्तै ओपनर तथा कप्तान स्टिभ स्मिथ ४७ बलमा ४ चौका र ४ छक्का सहित ६९ रन बनाएर क्याच आउट भएका थिए । 


खेलमा चेन्नईका लागि पियुष चवलाले ४ ओभरमा ५५ रन खर्चेर १ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले ४ ओभरमा ४० रन खर्चिए । दीपक चहरले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । साम करनले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स भिड्दैछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!