आईपिएलमा दिल्लीको पहिलो हार, आज बेलुका कोलकाता र राजस्थान भिड्दै (अंक तालिका सहित)

Posted on: 30 Sep, 2020

असोज १४, काठमाडौँ | आईपीएल सिजन १३ अन्तर्गत आफ्ना सुरुवाती दुई खेल जितेको दिल्ली क्यापिटल्सले तेश्रो खेलमा सनराइजर्स हैदरावादसँग १५ रनले पराजित हुन पुगेको छ । उता अघिल्ला दुई खेल हारेको हैदरवादले जितको खाता खोलेको छ । 


सुरुवाती व्याटिङ गर्दै हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो ।

हैदरावादलाई जित दिलाउने क्रममा राशिद खानले १४ रन खर्चेर ३ विकेट र भुवनेश्वर कुमारले २५ रन खर्चेर २ विकेट लिए ।

खेलमा १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले अन्तिम ओभरमा जितका लागि आवश्यक २८ रन पुरा गर्न पर्नेमा १२ रन मात्रै जोड्न सक्यो ।


दिल्लीको शुरुआत राम्रो रहेन । अघिल्लो खेलमा अर्ध-सतक जोडेका पृथ्वी शा पहिलो ओभरमै २ रन मात्र बनाएर बाहिरिए । उनलाई भुवनेश्वर कुमारले आउट गरेका थिए । 

तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान श्रेयस अय्यरले शिखर धवनका साथ दोस्रो विकेटका लागि ४० रन बटुले । रन बटुल्न संघर्ष गर्दागर्दै उनी आठौं ओभरमा आउट भए । उनलाई राशिद खानले पेभेलियनको बाटो देखाए । अय्यरले २१ बलमा दुई चौकाको मद्दतमा केबल १७ रन बनाए ।

१० ओभरमा दिल्लीले जम्मा ५४ रन मात्र बनाउन सकेको थियो । १२ औं ओभरमा राशिद खानले नै शिखर धवनलाई पनि पेभेलियन फर्काए । उनले ३१ बलमा चार चौकाको मद्दतमा ३४ रन बनाए ।

अप्ठ्यारोमा देखिएको दिल्लीको टिमलाई ऋषभ पन्तले सम्हाले । १३ औं ओभरमा उनले अभिषेक शर्माको बलमा दुई छक्का प्रहार गरे । शर्मालाई शिमरन हेटमायरले साथ दिएका थिए । हेटमायरले १५ औं ओभरमा खलिल अहमदको बलमा लगातार दुई छक्का प्रहार गरे । यसका साथ दिल्लीले एक सय रन पूरा गरेको थियो ।

१५ औं ओभरमा दिल्लीको स्कोर ३ विकेटको क्षतिमा १०४ रन थियो । अन्तिम ५ ओभरमा जितकालागि ५९ रन आवश्यक थियो । १६ औं ओभरको पहिलो बलमै हेटमायर भुवनेश्वर कुमारको बलिङको चपेटामा परे । हेटमायरले १२ बलमा २१ रन जोडे ।

त्यसपछि आएका मार्कस स्टोइनिसले चौकाको साथमा रनको खाता खोले । १७ औं ओभरमा राशिद खानले ऋषभ पन्तलाई आउट गरे । पन्तले २७ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३२ रन बटुले । राशिद खानले यस ओभरमा केबल ५ रन बनाए ।


त्यतिबेरसम्म दिल्लीलाई अन्तिम तीन ओभरमा ४४ रन आवश्यक थियो । १८ औं ओभरमा बलर टी नटराजन थिए । ओभरको पहिलो पाँच बलमा केबल सात रन खर्चिएका नटराजनले अन्तिम बलमा दिल्लीको अघिल्लो खेलमा भयानक पर्दर्शन गरेका स्टोइनिसलाई आउट गर्न सफल भए । जसबाट खेलमा दिल्लीको जितको सम्भावना गिर्न पुग्यो । स्टोइनिसले ११ रन मात्र बनाएर आउट भए ।

१८ औं ओभरको खेलमा दिल्लीले नौ रन मात्र बटुल्न सक्यो । त्यसपछि अन्तिम ओभरमा १२ रन मात्र जोड्न सक्यो । त्यसमा पनि १८ औं ओभरमा खलिल अहमदले तेस्रो बलमा अक्षर पटेललाई आउट गरिदिए । पटेलले ५ रन मात्र जोड्न सके । दिल्लीले १४७ रनसम्म मात्र बनाएर सबै ओभर खेल्यो । यसरी हैदरावादले १५ रनले दिल्लीलाई पराजित मात्र गरेन आइपीएलको जारी सिजनमा अत्यावश्यक रहेको जितको खाता खोल्न पुग्यो । 


अब आइपीएलको आज बेलुकाको खेल राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्सबीच युएईको दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियम, दुबईमा खेल हुँदैछ । जारी सिजनको यसअघिसम्पन्न आफ्ना दुई खेल मध्ये पहिलो खेलमा राजस्थान रोयल्सले किंग्स ईलाभेन पंजावलाई ४ विकेटले पराजित गरेको थियो । दोश्रो खेलमा राजस्थानले चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको थियो । त्यस्तै कोलकाता नाइटराइडर्सले पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा मुम्बई इन्डीएन्ससँग हारको सामना गर्नु परेको थियो । 

अंक तालिका हेर्नुहोस्


यस बिषयमा तपाइको प्रतिक्रिया...!