आईपीएल १३: दिल्ली शीर्ष स्थानमा (अंक तालिका सहित)

Posted on: 04 Oct, 2020

असोज १८, काठमाण्डौ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । 


सनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा फर्किएको हो । दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो । 


यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रन बताएको थियो । जितसँगै ४ खेलबाट ६ अंक जोडेको दिल्ली अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।  



Sandeep Lamichhane of Delhi Capitals during match 16 of season 13 of the Indian Premier League (IPL ) between the Delhi Capitals and the Kolkata Knight Riders held at the Sharjah Cricket Stadium, Sharjah in the United Arab Emirates on the 3rd October 2020. Photo by: Arjun Singh / Sportzpics for BCCI

यस बिषयमा तपाइको प्रतिक्रिया...!