जारी आईपीएलमा तेश्रो सुपर ओभर, कोलकातासँग हैदरावाद पराजित

Posted on: 18 Oct, 2020

कात्तिक २, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ । 

सुपर ओभरमा कोलकाताले ३ रनको लक्ष्य पूरा गरेको थियो ।

सुपर ओभरको खेलमा हैदरावादले पहिले ब्याटिङ गर्दै जम्मा २ रन मात्र बनाएको थियो । खेलमा फर्गुसनले घातक बलिङ गरे । सुपर ओभरको खेलमा हैदरावादले पहिलो बलमै विकेट गुमायो । दोश्रो बलमा २ रन जोड्यो । तेश्रो बलमा पुन विकेट गुमायो । त्यसको प्रतिकारमा कोलकाता नाइट राइडर्सले पहिलो बलमा कुअनी रन जोड्न सकेन । दोश्रो बलमा १ रन मात्र जोड्यो । तेश्रो बलमा कुनै रन लिन सकेन । तर चौथो बलमा २ रन पाएपछि सुपरओभरको खेल जित्न सफल भएको थियो ।   


यसअघि २०/२० ओभरको खेल टाइ भएको थियो । कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

त्यसको जवाफमा हैदरावादले ६ विकेट गुमाएर समान १ सय ६३ रन बनाएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!