आईपीएल क्रिकेट: चेन्नईद्वारा बैंग्लोर पराजित, राजस्थानद्वारा मुम्बई पराजित

Posted on: 26 Oct, 2020

कात्तिक १०, काठमाडौँ | साविक उपविजेता चेन्नई सुपर किङ्सले यूएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको छ । तर चेन्नई जारी आईपीएलको अंकतालिकामा सबैभन्दा पुछारमा छ । 

दुबईमा आइतबार भएको खेलमा चेन्नईले बैंग्लोरलाई ८ विकेटले पराजित गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष्य चेन्नईले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।


चेन्नईको जितमा रुतुराज गायकवाडले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महेन्द्र सिंह धोनी १९ रनमा अविजित रहे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । चेन्नईले १२ खेलमा ८ अंक जोडेको छ भने चेन्नई सातौं स्थानमा उक्लिएको छ ।

राजस्थानद्वारा मुम्बई पराजित

आइतबारनै भएको अर्को खेलमा राजस्थान रोयल्सद्वारा मुम्बई इन्डीएन्स पराजित भएको छ । मुम्बईले दिएको १९६ रनको लक्ष्यलाई राजस्थानले १९ ओभरको खेलमै पुरा गर्दै मुम्बईलाई पराजित गरेको हो । 


खेलमा मुम्बईको लागि हार्दिक पाण्डेयले नटआउट २१ बलमा ६० रन बनाए भने सूर्यकुमार यादवले ४० रन, ओपनर इशान किसन र सौरभ तिवारीले समान ३४ रन बनाएका थिए । मुम्बई विरुद्धको खेलमा ५ विकेट लिने क्रममा जोफ्रा आर्चर र श्रेयस गोपालले समान २/२ विकेट लिए भने कार्तिक त्यागिले १ विकेट लिए ।  

त्यस्तै मुम्बईले दिएको १९६ रनको फराकिलो लक्ष्यलाई पुरा गर्ने क्रममा राजस्थानका बेन स्टोकले नट आउट रही १०७ रन जोडेका छन् ।  स्टोकले ६० बलमा उक्त स्कोर बनाउन सके । आफ्नो सतकीय पारीमा उनले १४ चौका र तीन छक्का प्रहार गरे । 

त्यस्तै अर्का ब्याट्सम्यान संजु सामसनले नटआउट ३१ बलमा ५४ रन जोडे । उनले ४ चौका र ३ छक्क प्रहार गरे । 

राजस्थानको लागि रोविन उथप्पा १३ रन र स्टेभ स्मिथले ११ रन मात्र जोड्न सके । राजस्थानको २ विकेट जेम्स पट्टिन्सनले लिए । बाँकी बलरहरुले कुनै विकेट लिन सकेनन् । यसैको फाइदा उठाउदै खेलमा स्टकले नावाद सतकीय र सामसनले नावाद अर्धसतकीय पारी खेले । 

आईपिएल अंक तालिका

जारी आइपीएल अंकतालिका अन्तर्गत सबैभन्दा शिर्ष स्थानमा मुम्बई इन्डीएन्स रहेको छ । मुम्बईले ११ खेलमा ७ खेल जित्दै १४ अंक प्राप्त गरेको छ । त्यस्तै दोश्रो स्थानमा दिल्ली क्यापिटल छ भने तेश्रो स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोर रहेको छ । अंकतालिका अनुसार दिल्ली र बैंग्लोरले ११/११ खेलमा ७/७ खेल जित्दै समान १४/१४ अंक रहेको छ ।

त्यस्तै चौथो स्थानमा कोलकाता नाईटराइडर्स रहेको छ  । कोलकाताले ११ खेलमा ६ खेल जितेर १२ अंक पाएको छ । त्यस्तै पाँचौं स्थानमा किंग्स इलाभेन पंजाव रहेको छ । उसले ११ खेलमा ५ खेल जित्दै १० अंक प्राप्त गरेको छ । 

त्यस्तै छैटौं स्थानमा राजस्थान रोयल्सले १२ खेल खेल्दै ५ खेलमा जित्दै १० अंक पाएको छ । त्यस्तै सातौँ स्थानमा रहेको सनराइजर्स हैदरावादले ११ खेलमा ४ खेल जित्दै ८ अंक पाएको छ । 

त्यस्तै आईपीएलको अन्तिम स्थानमा चेन्नई सुपर किंग्स रहेको छ । चेन्नईले १२ खेलमा ४ खेल जितेर ८ अंक मात्र बनाएको छ । 

आजको खेल 

जारी आईपीएलको ४६ औं खेल अन्तर्गत आज कोलकाता नाइटराईडर्स र किंग्स इलाभेन पन्जाबबीच खेल हुँदैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!