आईपीएल क्रिकेट: मुम्बई इन्डियन्सद्वारा बेङ्ग्लोर ५ विकेटले पराजित

Posted on: 29 Oct, 2020

कात्तिक १३, काठमाडौँ | इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बई इन्डियन्स विजयी भएको छ । यो जितसंगै मुम्बई १६ अंक सहित सबैभन्दा शिर्ष स्थानमा छ ।

बुधबार राति भएको खेलमा मुम्बईले बेङ्ग्लोरलाई ५ विकेटले पराजित गरेको हो । १६५ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईको जितमा सूर्यकुमार यादवले नटआउट अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ७९ रनमा नट आउट खेले । उनले १० चौका र तीन छक्का प्रहार गरे ।

त्यस्तै इशान किसनले २५ रन जोड्दा क्वीन्ट डीकक १८ र हार्दिक पाण्डेय १७ रनमा पभेलियन फर्किए । युजबेन्द्र चहल र मोहम्मद सिराजले समान दुई/दुई विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । 


बेंगलोरका लागि देवदत्त पडिक्कले अर्धशतकीय पारी खेलेका थिए । पहिलो विकेटका लागि जोश फिलिप र पडिक्कलबीच ७१ रनको साझेदारी भएको थियो । फिलिप व्यक्तिगत ३३ रन बनाएर आउट हुँदा २४ बल फेस गरेका थिए ।

उनले एक छक्का र चार चौका प्रहार गरेका थिए । यस्तै दोस्रो विकेटको रुपमा कप्तान विराट कोहली आउट भए । उनले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९ रन बनाएका कोहलीले १४ बल फेस गरेका थिए । कोहली आउट हुँदा २-९५ स्कोर रहेको थियो । त्यसपछि पडिक्कल र एभी डिभिलियर्सले पारि अघि बढाएका थिए । एबी १२ बलमा १५ रन बनाएर आउट भए । उनले एक छक्का र एक चौका प्रहार गरेका थिए ।

एबी आउट हुँदा बेंगलोरको स्कोर ३-१३१ रन रहेको थियो । शिवम् दुवे व्यक्तिगत दुई रन बनाएर आउट हुँदा ४-१३४ स्कोर थियो । त्यही स्कोरमा देवदत्त पड्क्किल पनि आउट भए । उनी अर्धशतकीय पारी खेल्दै पभेलियन फर्किए । पडिक्कले ४५ बलमा ७४ रन बनाएर पभेलियन फर्किएका हुन् । उनले एक छक्का र १२ चौका प्रहार गरेका थिए ।

छैटौं विकेटको रुपमा क्रिस मोरिस ४ रन जोडेर आउट भएका थिए । अन्तिममा गुरकित सिंह र वासिङ्टन सुन्दरले २६ रनको साझेदारी गर्दै बेङ्ग्लाेरको स्कोर १६४ रन पुर्‍याएका थिए । गुरकित १४ तथा सुन्दर १० रनमा नट आउट रहे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!