सन्दिप लामिछाने आवद्ध दिल्लीको लगातार चौथो हार, दिल्लीलाई प्ले अफ पुग्न कठीन

Posted on: 31 Oct, 2020

कात्तिक १५, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली लगातार हारको गतिमा रहेको छ । नेपाली क्रिकेटर सन्दिप लामिछाने आवद्ध दिल्लीले लगातार चार खेलमा अंक जोड्न सकेको छैन । पछिल्ला ४ खेलमा लगातार हारेसंगै दिल्ली शिर्ष स्थानबाट झरेर तेश्रो स्थानमा रहेको छ । दिल्लीले १३ खेल खेल्दा ७ खेलमा जितेको छ । 

सनिबार राति भएको खेलमा मुम्बई इन्डीएन्सले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी लिग चरणको ५१ औं खेलमा दिल्लीले मुम्बईलाई १११ रनको समान्य लक्ष्य दिएको थियो ।

टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर ११० रन मात्र बनायो । दिल्लीका लागी कप्तान श्रेयस अय्यरले सर्वाधिक २५ रन बनाए ।
मुम्बईका लागी ट्रेन्ट बोल्टले ४ ओभरमा २१ रन दिएर ३ विकेट र जसप्रीत बुमराहले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । 
मुम्बईको जितमा इशान किशनले अविजित रहदै ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । क्विन्टन डी ककले २६ रन जोड्दा सूर्यकुमार यादब १२ रनमा अविजि रहे ।
दिल्लीका एनरिच नोर्टजेले एक विकेट लिए । 
जितसँगै मुम्बईले तालिकाको शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको छ ।  र, मुम्बई क्वालिफायरमा प्रवेश गरेको छ  ।
अन्तिम खेलमा पराजित भएपछि मुम्बई शीर्ष दुईमा रहने छ । मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ । मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ ।
मुम्बईसँग पराजित भएपछि दिल्लीको भने प्ले अफ सम्भावना कठिन बनेको छ । दिल्लीलाई प्ले अफ पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!