चेन्नई पछि पन्जाब आइपीएलबाट बाहिरियो, अन्तिम खेलमा चेन्नईको जित

Posted on: 01 Nov, 2020

कात्तिक १६, काठमाडौँ | युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट किङ्स इलाभेन पन्जाब पनि बाहिरिएको छ । यस अघि चेन्नई सुपर किंग्स आइपीएलबाट बाहिरिएको थियो । 

आबुधाबीमा आइतबार जित्नै पर्ने खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएपछि पन्जाब प्ले अफमा पुग्ने सम्भावनाबाट बाहिरिएको हो । चेन्नईले जितेपनि प्लेअफको लागि प्रतिष्पर्धामा रहेको १४ अंकको स्कोर जम्मा गर्न नसक्दा खेलबाट यस अघिनै बाहिरिएको थियो । चेन्नईले १४ खेलबात १२ अंक मात्र  बनाउन सक्यो । त्यस्तै आजको खेल जितेर प्ले अफमा पुग्ने आशा सहित खेलमा उत्रिएको किंग्स इलाभेन पन्जाबले चेन्नईसंगको हारमा १२ अंकमै सिमित भएपछि आइपीएलबाटै बाहिरिएको हो । 


शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नईले १८ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । चेन्नईलाई जित दिलाउन रुतुराज गायकवाडले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै चेन्नईको लागि फाप डु प्लेसिसले ४८ रन जोड्दा अम्बाती रायडुले अविजित ३० रन बनाए । खेलमा पन्जाबका क्रिस जोर्डनले १ विकेट मात्र लिन सके ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।


पन्जाबका लागि दिपक होडाले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेलेर १५३ रनको स्कोरसम्म पुर्याएका थिए । उनले ३० बलमा ४ छक्का र ३ चौका प्रहार गरेका थिए । पन्जाबको ब्याटिङको क्रममा कप्तान केएल राहुलले २९ रन, मयांक अग्रवालले २६ रन, मन्दिप सिंहले १४ रन र क्रिस गेलले १२ रन बनाएका थिए । 

पन्जाबको विकेट लिने क्रममा चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए भने सार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले १/१ विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!