आईपीएलबाट तेश्रो टिमको रुपमा राजस्थान बाहिरियो, आज दोश्रो प्लेअफ टिम छानिदै

Posted on: 02 Nov, 2020

कात्तिक १७, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको दुई खेलमा चेन्नई सुपर किंग्स र कोलकाता नाइटराइडर्स विजयी भएका छन् ।

बिजयी टिम मध्ये चेन्नई यस अघिनै आईपीएलबाट बाहिरिएको थियो भने आफ्नो १४ औं खेलमा चेन्नईसंग पराजित बन्न पुगेको किंग्स इलाभेन पन्जाब पनि आइपीएलबाट बाहिरिएको छ । पन्जाबले प्ले अफमा प्रतिष्पर्धाको लागि १४ अंक बनाउन नसक्दा आईपीएलबाट बाहिरिएको हो । 


त्यस्तै हिजै भएको अर्को खेलमा कोलकाता नाइटराइडर्ससंग राजस्थान रोयल्स पराजित भएपछि राजस्थान पनि आईपीएलमा १२ अंक मात्र बनाएको कारण खेलबाटै बाहिरिएको छ । राजस्थानलाई पराजित गरेको कोलकाताको भने प्ले अफमा पुग्ने भाग्य अझै जिवितै रहेको छ । 

आईपीएलको १३ औं सीजन अन्तर्गत ५४ औं खेलमा कोलकाता नाइट राइडर्स (KKR) ले राजस्थान रोयल्स (RR) लाई ६० रनले पराजित गरेको छ । दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले राजस्थानलाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसको जवाफमा राजस्थानले ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । कोलकाताको तीब्र बलर पेट कमिंस खेलमा म्यान अफ द म्याच बने ।


मर वा मारको स्थितिमा भएको खेलमा लक्ष्य पछ्याउने क्रममा उत्रिएको राजस्थानको टिमले फाराकिलो लक्ष्यको खेलको दवाब थेक्न सकेन । कोलकाताका बलर कमिंसले पावर-प्लेमै ४ विकेट लिएर टीमलाई जितको दिशा दिए । राजस्थानले ३७ रन बनाउदा ५ विकेट लिएको थियो । टीमको शुरुवाती ३ विकेट कमिंसले लिए । उनले कप्तान स्टीव स्मिथ (४ रन) लाई बोल्ड गरे । त्यसपछि बेन स्टोक्स (१८ रन) को क्रममा विकेटकीपर दिनेश कार्तिक मात्रफ्त विकेट लिए र त्यसपछि रबिन उथप्पालाई (६ रन) मात्र बनाउन दिएर कमलेश नागरकोटीको हातमा क्याच मार्फत आउट गराए । 

राजस्थानको चौथो विकेट शिवम मावीले लिए । उनले शिवम मावी (१ रन) कार्तिकको हातमा क्याच आउट गराए । पारीको  ५ औं ओभरमा कमिंसले रियान परागलाई खातानै खोल्न नदिएर पवेलियन फर्काए । 

त्यसपछि जोस बटलरले २२ बलमा ३५ र राहुल तेवतियाले २७ बलमा ३१ रन बनाएर राजस्थानको पारीलाई केहि समय सम्हाले, तर टीमलाई जित दिन भने सकेनन् । 


कोलकाताको जितको लागि प्याट कमिंसले सबैभन्दा बढी ४ विकेट लिए । वरुण चक्रवर्ती र शिवम मावीले समान २/२ विकेट लिए ।

त्यसअघि कोलकाताले ब्याटिङका क्रममा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो । टीमका कप्तान इयोन मोर्गनले ३५ बलमा सबैभन्दा बढी ६८ रनको पारी खेले । उनको जारी सीजनमा यो पहिलो र लीगमा ५ औं फिफ्टी हो । उनको अलावा राहुल त्रिपाठीले ३९ र शुभमन गिलले ३६ रनको पारी खेले । खेलमा आन्द्रे रसेलले ११ बलमा २५ रन बनाए । राजस्थानको लागि राहुल तेवतियाले ४ ओभरमा २५ रन मात्र दिएर सर्वाधिक ३ विकेट लिए । उनको अलावा कार्तिक त्यागीले २ र जोफ्रा आर्चर, श्रेयस गोपालले १/१ विकेट लिए ।


आईपीएल इतिहासमा कोलकाताले अहिलेसम्म दुई पटक फाइनल (२०१४, २०१२) खेलेको थियो र दुवै खेलमा च्याम्पियन बनेको थियो । त्यस्तै, राजस्थानले लीगको पहिलो सीजनमै फाइनल (२००८) खेलेको थियो । जसमा राजस्थानले चेन्नईलाई जितेर च्याम्पियन बनेको थियो । 

आइतबारको खेलबाट जारी सिजनको खेलबाट राजस्थान बाहिरिएको छ भने कोलकाताले प्ले अफको लागि झिनो आशा बाँकी छ । 

यसै क्रममा आज बेलुका दिल्ली क्यापिटल्स र रोएल्स च्यालेन्जर्स ब्यांग्लोरबीच खेल हुँदैछ । आज दिल्ली र ब्यांग्लोर जसले जिते पनि आइपीएलको प्ले अफमा पुग्ने दोश्रो टिमको तय हुनेछ । जारी सिजनमा यस अघिनै मुम्बई इन्डीएन्सले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!