आईपीएलको प्ले अफ समीकरण पूरा, यस्तो छ अबको खेल तालिका ?

Posted on: 04 Nov, 2020

कात्तिक १९, एजेन्सी | आईपीएलको प्ले अफ समीकरण पूरा भएको छ । 

मंगलबार राति शीर्ष चारभित्र पर्ने अन्तिम टोलीको टुंगो लागेसँगै प्ले अफ समीकरण पूरा भएको हो । मंगलबार अघिको खेलमा मुम्बई, दिल्ली र बैंगलोर प्ले अफमा पुगीसकेका थिए । मंगलबारको खेलमा हैदराबादले मुम्बईलाई १० विकेटले पराजित गरेपछि हैदरावाद पनि आइपीएलको प्ले अफमा पुगेको छ । 

हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । बैंगलोर र हैदराबादको समान १४ अंक छ । रनरेटको आधारमा बैंगलोर चौंथो स्थानमा छ भने हैदरावाद तेश्रो स्थानमा छ ।


हैदराबादसँग पराजित भए पनि मुम्बई अंकको आधारमा शीर्ष स्थानमा यथावत छ । मुम्बईले १४ खेलमा १८ अंक जोड्यो । त्यस्तै दिल्लीले १६ अंक बनाएको छ । मुम्बईले अब क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ । 

पहिलो क्वालिफायर खेल बिहीबार दुबईमा हुनेछ । इलिमिनेटर खेल शुक्रबार आबुधाबीमा हुनेछ । क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ ।

पराजित हुने टिमले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टिम भिड्ने छन् ।

दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग खेल्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!