आइपीएलमा दिल्लीलाई ० रनमै ३ विकेटको क्षेती, फाइनलमा पुग्न विशाल लक्ष्य पछ्याउदै

Posted on: 05 Nov, 2020

कात्तिक २०, एजेन्सी | इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २ सय १ रनको बलियो लक्ष्य दिएको छ ।

उक्त लक्ष्य पछ्याउने क्रममा दोश्रो ओभरको तेश्रो बलसम्मको खेलमा दिल्लीले शुन्य रनमै ३ विकेट गुमाएको थियो । यो समाचार तयार गर्दासम्म दिल्लीले ३.४ ओभरको खेल खेलीसक्दा ३ विकेटको क्षेतीमा २० रन बनाएको छ । 


दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय रन बनायो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन ईशान किशन ३० बलमा ४ चौका र ३ छक्का सहित ५५ रनमा अविजित रहे । आक्रामक ब्याटिङ गरेका हार्दिक पान्ड्या १४ बलमा ५ छक्का सहित ३७ रनमा अविजित रहे ।

मुम्बईले अन्तिम पाँच ओभरमा ७८ रन जोडेको थियो । छैटौं विकेटका लागि किशन र पान्ड्याले २३ बलमा ६० रनको अविजित साझेदारी गर्दै विशाल लोगफलमा पुर्याएका थिए । 


आजको खेलमा दिल्लीले मुम्बईलाई जित्न सके आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने अवसर छ । मुम्बई यसअघिको आइपीएल सिजन विजेता हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!