आज आईपीएलको फाइनल खेल, दिल्लीलाई इतिहाँस बनाउने मौका

Posted on: 10 Nov, 2020

कात्तिक २५, काठमाडौँ | दिल्ली क्यापिटल्सले आज आईपीएलमा आफ्नो पहिलो फाइनल खेल्न उत्रदैछ । दिल्ली क्यापिटल र मुम्बई इन्डीएन्सबीच आज फाइनल खेल हुदैछ । 

रोहित शर्माको कप्तानीमा मुम्बई छैटौं पटक फाइनल खेल्दैछ, जसमा ४ पटक (२०१३, २०१५, २०१७, २०१९) च्याम्पियन बनिसकेको छ । 

यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा बेलुका पौने आठ बजे हुँदैछ । 

दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली पहिलो पटक फाइनल पुगेको हो भने पहिलो क्वालीफायर खेलमा दिल्लीलाई पराजित गर्दै मुम्बई फाइनलमा पुगेको थियो  । 

यस सिजनमा मात्र दिल्ली मुम्बईसँग तीन पटक हारिसकेको छ । दिल्लीलाई फाइनल खेलमा पराजित गर्दै मुम्बई यस पटकको च्याम्पियन बन्ने दाऊमा छ ।

दिल्ली भने यसपटक तीन खेलमा हारेको बदला लिदै उपाधि जितेर आफ्नो इतिहाँस बनाउने दाउमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!