नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्ने

Posted on: 13 Nov, 2020

कार्तिक २८, काठमाडौँ | आज नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेभएको छ | ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने पाँच बजे सुरू हुनेछ | दुई अन्तर्राष्ट्रिय खेलका लागि ढाका पुगेको नेपाली  टिमले मङ्सिर २ गते दोस्रो खेल खेल्नेछ |

नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ पटक प्रतिस्पर्धा भएको छ। २३ मध्ये नेपालले ७ खेलमा मात्र निकालेको छ। १३ खेलमा नेपाल पराजित भएको छ भने तीन खेल बराबरीमा सकिएका छन् | बंगलादेशविरुद्ध भएका पछिल्ला पाँच खेलमा नेपाल तीन खेलमा विजयी भएको छ | एक खेलमा बंगलादेशले जित हात पार्दा एक खेल बराबरीमा सकिएको छ |

नेपाली राष्ट्रिय टिम झण्डै एक वर्षपछि मैदान उत्रन लागेको हो | 

फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको चरणमा नेपालले गत नोभेम्बर १९ मा कुवेतविरुद्ध भुटानको चाङ्लीमिथाङ रंगशालामा प्रतिस्पर्धा गरेको थियो। सो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो। 

त्यसयता कोरोना महामारीका कारण कुनै पनि खेल हुन नसकेको हो |

समग्र अन्तर्राष्ट्रिय खेलमा नेपाल पछिल्ला चार खेलमा पराजित भएको छ। चार खेलमा नेपालले १२ गोल खाएको छ भने कुनै पनि गोल गर्न सकेको छैन |

नेपालका पछिल्ला ६ अन्तर्राष्ट्रिय खेल 

नेपाल भर्सेस कुवेत : १-० गोलले पराजित (विश्वकप छनोट)

नेपाल भर्सेस म्यानमार : ३-० गोलले पराजित (अन्तर्राष्ट्रिय मैत्रीपूर्ण)

नेपाल भर्सेस जोर्डन : ३-० गोलले पराजित (विश्वकप छनोट)

नेपाल भर्सेस अस्ट्रेलिया : ५-० गोलले पराजित (विश्वकप छनोट)

नेपाल भर्सेस चाइनिज ताइपेई : २-० गोलले विजयी (विश्वकप छनोट)

नेपाल भर्सेस कुवेत : ७-० गोलले पराजित (विश्वकप छनोट)

बंगलादेशविरुद्ध खेल्ने नेपाली टिम

अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!