आज नेपाल-बंगलादेशबीचको दोस्रो खेल हुँदै

Posted on: 17 Nov, 2020

मंसिर २, काठमाडौं | आज नेपाल र  बंगलादेशबीचको दोस्रो खेल हुँदै छ | नेपाली समयअनुसार अपराह्‍न ४:४५ मा सुरु हुने भएको हो | मुजिब बर्सो फिफा इन्टरनेसनल सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको थियो |

 नेपालले ट्रफी उचाल्नका लागि बंगलादेशलाई ३-० गोलको जित आवश्यक छ । मैत्रीपूर्ण भनिए पनि सिरिज नै आयोजना गरिएकाले नेपाल २-० गोल अन्तरले विजयी भए पनि सिरिजको छिनोफानो पेनाल्टी सुटआउटबाट हुनेछ |

आज नेपाल जित्‍नै पर्ने दबाबमा छ | नेपाली टिमले बंगबन्धु रंगशालामा हिजो अभ्यास गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!