सन्दीपले बिबिएल होबर्ट हुरिकेन्सबाट खेल्ने

Posted on: 19 Nov, 2020

मंसिर ४, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको टी-२० फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल)  सिजन २०२०-२१ होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् | बिहिबार होबर्टले स्पिनर सन्दीपसँग सम्झौता भएको घोषणा गरेको छ |

 सन्दीप जनावरीदेखि आबद्ध हुरिकेन्सले  जनाएको छ | सिजनको बिबिएल डिसेम्बरबाट सुरू हुने भएको छ | हुरिकेन्सबाट बिबिएल खेल्न पाउँदा आफू उत्साहित भएको सन्दीपको भनाइ छ | हुरिकेन्समा जेम्स फल्कनर, म्याथ्यु बेड, टिम डेभिड, पिटर ह्यान्डकम, टिम पिने, डिआर्ची सर्ट लगायतका खेलाडी रहेका छन् |

विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका डविड मालन, सन्दीप लामिछाने र वेस्ट इन्डिजका किमो पाउल छन् | उनले पछिल्ला दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए | सिजनको बिग ब्यास लिग आगामी १० डिसेम्बरबाट सुरु हुँदैछ। लिग ६ फेब्रुअरीमा सकिनेछ |

कोरोना भाइरसले २०२० को क्रिकेट खेल तालिका असर गरेको अवस्थामा सन्दीपले तेस्रो लिग खेल्न लागेका हुन् | सन्दीप गत साउनमा क्यारेबियन प्रिमियर लिग खेल्न ट्रिनिडाड एन्ड टोबागोमा गएका थिए। उनी त्यतैबाट असोज पहिलो साता आइपिएल २०२० का लागि युएई पुगेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!