राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा वाटमोर नियुक्त

Posted on: 17 Dec, 2020

पुस २, काठमाडौं । डेभ वाटमोरलाई नेपाल क्रिकेट संघ (क्यानले) राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले खुल्ला प्रतिस्पर्धाबाट उनलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो  ।

श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय र २६ लिस्ट ए, फस्ट क्लास १ सय ८ म्याच खेलेका छन् । उनले श्रीलंका, पाकिस्तानमा समेत प्रशिक्षक दिईसकेका छन् ।

वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका छन् । उनले सन् २०१० देखि ११ सम्म ईन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाईट राईडर्सलाई प्रशिक्षण गराएका थिए ।

उनले सन् २०१४ देखि १६ सम्म जिम्बाबेलाई प्रशिक्षण दिएका थिए । 

उनी कार्यकालको ९ महिना बाँकी छदै जिम्बाबेको क्रिकेट बोर्डबाट बर्खास्तमा परेका थिए । उनी सन् २०२० फेब्रुअरीमा सिंगापुरको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!