रियो ओलम्पिकमा ब्राजिलको खराव प्रदर्शन, इराकसँग पनि बराबरी

Posted on: 08 Aug, 2016

साउन २४, काठमाडौं । आयोजक राष्ट्र ब्राजिल रियो ओलम्पिकको पुरुष फुटबलमा लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । 

बार्सिलोनाका फवार्ड नेयमारको कप्तानीमा रहेको ब्राजिलले दोश्रोपटक पनि निकै लज्जास्पद अवस्थामा इराकसँग गोलरहित बराबरी खेलेको हो । यसअघि उसले दक्षिण अफ्रिकासँग पनि गोलसरिहत बराबरी खेलेको थियो ।

पाँच पटकसम्म विश्वकप जितेको ब्राजिले अहिलेसम्म ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण जित्न सकेको छैन । यो पटक खरेलु मैदानमा भएको ओलम्पिकमा ब्राजिलले यो सपना पूरा गर्ने अपेक्षा गरिएपनि लगातारको खराव पर्दर्शनले सोचेजस्तो नतिजा निकाल्न सकेको छैन । 

खेल हेर्न पुगेका ६० हजार दर्शकलाई खराब खेलपछी निराशा छाएको थियो । यसै क्रममा ब्राजिलका प्रशिक्षकले आफूहरुले समर्थकसँगमा माफी माग्नु पर्ने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!