भारतमा जारी आईपीएलबाट स्पिनर रवीचन्द्रन आश्विन बाहिरिने

Posted on: 26 Apr, 2021

वैशाख १३, नयाँदिल्ली (रासस–एएफपी) | भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गर्नु भएको छ । 

परिवारका सदस्यहरु कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताउनु भएको हो । 

स्पिनर आश्विनले यसपटक दिल्ली क्यापिटल्सबाट खेल्दै हुनुहुन्छ । आश्विनले गर्नु भएको ट्वीटमा “अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो” भन्नु भएको छ । 


भारतमा कोरोनाभाइरसको महामारी तिब्र रुपमा फैलिएको अवस्थामा आइपिएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ । 

दिल्ली क्यापिटल्सले आश्विनको निर्णयप्रति समर्थन जनाएको छ । 

यसैबीच, रोयल च्यालेन्जर्स बैंगलोरमा अनुबन्धित केन रिचर्डसन र एडम जाम्पाले पनि कोभिड–१९ को सङ्क्रमणकाे कारण देखाउँदै चालू लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!