ओलम्पिकको नीलो डाइभिङ पुल एकाएक हरियो भएपछी..

Posted on: 10 Aug, 2016


साउन २६, एजेन्सी | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत डाइभिङका लागि बनाइएको पुलको रंग एकाएक परिवर्तन भएको छ । डाइभिङका लागि बनाइएको पुलको रंग निलोबाट हरियो बनेको हो ।

सोमबार निलो देखिएको पुलको पानी मंगलबार एकाएक हरियो देखिएपछी प्रत्यक्षदर्सीहरु अचम्मित बनेका थिए । के कारणले यस्तो भयो भन्ने आयोजकलाई नै थाहा नभएको बताईएको छ । पुलमा रहेको पानीको रंग विस्तारै हरियो बनेपनि त्यहाँ डाइभिङका प्रतिस्पर्धा भने रोकिएनन् ।

अघिल्लो दिन पुरुष तर्फको खेलमा उक्त पुलको पानीको रङ्ग नीलो थियो तर  भोलीपल्ट महिला तर्फको डाइभिंगमा एकाएक हरियो देखियो - सामाजिक सञ्जालमा पुलको पानीको रंग यसरी परिवर्तन हुँदा पनि खेलाडीलाई डाइभ गर्न बाध्य पारिएको भन्दै विभिन्न आलोचना गरिएको छ । पानीमा मिलाइएको क्लोरिन वा अरु कुनै रसायनको मात्रा नमिलेका कारण यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ । तर वास्तविकता अझै सार्वजनिक गरिएको छैन 





यस बिषयमा तपाइको प्रतिक्रिया...!