IPL अपडेट: कोलकाता र बेंगलोरबीच हुने आजको खेल स्थगित

Posted on: 03 May, 2021

वैशाख २०, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ ।

कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण भएपछि अहमदावादमा सोमबार राति हुने भनिएको खेल स्थगित भएको क्रिकइन्फोले जनाएको छ । कोलकाताका स्पिनर वरुण चक्रवर्ती र फास्ट बलर सन्दीप वारियरलाई कोरोना संक्रमण पुष्टि भएको क्रिकइन्फोले जनाएको छ । यसबारे दुवै फ्रेन्चाइज र आईपीएलले भने केही सार्वजनिक गरेका छैनन् । 

कोलकाता र बेंगलोरबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे शुरु हुने तय भएको थियो । 


यो सिजन लिगमा ७ खेलबाट ५ जितसहित १० अंक जोडेको बेंगलोर तेस्रो स्थानमा छ । यस्तै ७ खेल खेल्दा २ जितबाट ४ अंक मात्र जोडेको कोलकाता सातौं स्थानमा छ । 

आईपीएल अघिनै केहि खेलाडी संक्रमित भएका थिए 

IPL-2021 को शुरुवात अघिनै केहि खेलाडी कोरोनाको चपेटामा परिसकेका थिए । कोलकाता नाइट राइडर्सका नितीश राणा, रोयल च्यालेन्जर्स बेंगलोरका देवदत्त पडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल, एनरिच नोर्खिया र डेनियल स्याम्स पनि संक्रमित भईसकेका छन् । भारतको दिल्ली सहित ६ स्थानमा IPL खेलाईएको छ । यस्तो अवस्थामा एक स्थानबाट अर्को स्थानमा जाने क्रममा खेलाडीहरु संक्रमित हुने खतरा हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!