नेपालद्वारा चाइनिज ताइपेइ २-० गोल अन्तरले पराजित

Posted on: 04 Jun, 2021

जेठ २१, काठमाडौँ | फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि २-० गोल अन्तरले पराजित गर्दै सहज जित दर्ता गरेको छ । खेलको तेश्रो मिनेटमा अन्जन विष्ट र ६१ औं मिनेटमा नवयुग श्रेष्ठको गोलमा नेपालले २-० को जित दर्ता गरेको हो ।

नेपालले खेलको तेस्रो मिनेटमा पेनाल्टी प्राप्त गर्दै अन्जन विष्टको गोलमा पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । खेलको ११ औं मिनेटमा ताइपेइले खेलमा फर्कने अवसर पाएपनि कप्तान किरण चेम्जोङले सहजै बचाएका थिए । 

खेलको दोस्रो हाफमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आशिष लामाको स्थानमा मनिष डाँगीलाई मैदान प्रवेश गराए । खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ८१ औं मिनेटमा अग्रता दोब्बर पारे । अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमै गोल गर्न सफल भएका थिए । जुन स्कोरले नेपालको जित निश्चित जस्तै भयो । नेपालको लागि खेलको ८६ औं मिनेट र ८९ औं मिनेट निकै अवसरयुक्त भएपनि गोल भने हुन सकेन ।


आजको खेल जितेसंगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि अझै जीवित छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक प्राप्त गरेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन । अब अर्को खेल नेपालले जोर्डनसँग खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!