विश्वकप फुटबल छनोट: नेपाल जोर्डनसँग पराजित

Posted on: 08 Jun, 2021

जेठ २५, काठमाडौँ | विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट खेल अन्तर्गत नेपालले सोमबार राति भएको खेलमा जोर्डनसँग पराजित भएको छ ।  कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

खेलमा जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिक मार्फत गरे । त्यस्तै जोर्डनका लागि तेस्रो गोल यजान अल अरबले गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । खेलमा जोर्डनले सुरुदेखि नै नेपाललाई दबाबमा राखेपनि कयौं अवसरहरु नेपाली रक्षापंक्ति र गोलकिपर किरण चेम्जोङले विफल तुल्याइदिएका थिए । 


नेपालले मध्यान्तरपछिको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्ने आकर्षक अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेन । नेपालका लागि नवयुग श्रेष्ठ ‘वान भर्सेस वान’ को अवस्थामा गोल गर्न चुकेका हुन् । समूह ‘बी’ मा रहेको नेपालले ७ खेलबाट दुई जितका सहित ६ अंक हासिल गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!