युरो कप: इङ्ल्यान्डद्वारा क्रोएसिया पराजित

Posted on: 13 Jun, 2021

जेठ ३०, काठमाडौँ | युरो कप फुटबलमा आज भएको पहिलो खेलमा इङ्ल्यान्डले क्रोसियालाई पराजित गरेको छ । लन्डनको वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई एक–शून्यले पराजित गरेको हो । 

समूह 'डी' मा रहेका दुवै टोलीले पहिलो हाफ बराबरी खेलेका थिए । खेलको ५७ औँ मिनेटमा इङ्ल्यान्डका रहीम स्टर्लिङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् । त्यसपछि खेलमा कुनै गोल भएन । 


त्यस्तै युरो कपमा आजै बेलुका पौने १० बजे समूह 'सी' मा रहेका अस्ट्रिया र नर्थ म्यासेडोनिया खेल्दै छन् । त्यसैगरी राति समूह 'सी' मा रहेका नेदरल्यान्ड्स र युक्रेन पनि खेल्दै छन् । खेल राति पौने १ बजे हुनेछ । आज सबै टोली पहिलो जितको खोजीमा हुने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!