रियो ओलम्पिकमा पदक लिन जाँदा विवाहको प्रस्ताव यसरी आयो

Posted on: 15 Aug, 2016

साउन ३१, ब्राजील | ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पदक वितरण समारोहमा रमाइलो दृष्य देख्न पाइएको छ । चीनकी डाइभिङ खेलाडी हि जीले रियो ओलम्पिक अन्तर्गत आइतबार महिला तीन सय मिटर स्प्रिङबोर्ड डाइभिङमा रजत पदक जितेकी थिइन् । पदक लिन लागेका बेला उनका प्रेमी किन काईले पदक वितरण समारोहमै गएर विवाहका लागि प्रस्ताव गरे । काईको प्रस्ताव हिले स्वीकार गरिन् । यो दृष्य टेलिभिजनमा प्रत्येक्ष प्रशारण पनि भएको थियो । किनले गएको हप्ता पुरुष तीन सय मिटर सिनक्रोनाइजड् स्प्रिङबोर्ड डाइभिङमा कास्य पदक जितेका थिए । आफूहरु गएको ६ वर्षदेखि प्रेममा रहेको तर किनले यसरी विवाहका लागि प्रस्ताव गर्लान् भन्ने आशा नगरेको हिले बताइन् । उनले भनिन् ‘उसले धेरै कुरा भने, धेरै वाचा गरे, मैले त्यो भन्दा पनि उसलाई जिन्दगीभर विश्वास गर्न सक्छु भन्ने लागेर विवाहका लागि हुन्छ भनेकी हुँ ।’  एजेन्सीको सहयोगमा 



यस बिषयमा तपाइको प्रतिक्रिया...!