ओडिआई सिरिजमा अमेरिकाद्वारा नेपाल पहिलो पटक पराजित, अब आइतबार ओमानसँग भिड्दै

Posted on: 17 Sep, 2021

असोज १, काठमाडौँ | आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाले नेपाललाई पहिलो पटक पराजित गरेको छ । ओपनर स्टिभ टेलरको उत्कृष्ट ब्याटिङसँगै अमेरिकाले नेपाललाई ४८ ओभरमै अलआउट गरेर १७५ रनको विजयी लक्ष्य पछ्याएको थियो । 

शुक्रबार राती सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको छ । योसँगै अमेरिका विश्वकप लिग २ मा लगातार ६ हारमा पूर्णविराम लगाएको छ । नेपालले ओडिआईमा अमेरिकासँग पहिलो पटक हारेको हो । नेपालको जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्न सफल भएको थियो । अमेरिका जितमा स्टिभ टेलरले ६३ बलमा १२ चौका र ३ छक्का सहित सर्वाधिक ९२ रनको योगदान दिएका थिए । 

नेपालले ओडिआई खेलमा अमेरिकासँग पहिलो पटक पराजित भएको हो । यसअघि खेलेका तीनै खेलमा नेपालले अमेरिकामाथि सहज जित हात पारेको थियो । नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । गतवर्ष नेपालमा पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा अमेरिकालाई नेपालले ३५ रनमा अल आउट गरेको थियो । यस अघि ओमानसँग नेपाल ५ विकेटले पराजित हुन पुगेको थियो । नेपालले अन्तिम खेल ओमानसँग फेरी आइतबार खेल्दैछ । ओमान १२ खेलमा १० मा जित र २ मा हार सहित २० अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै अमेरिका १५ खेलमा ७ जित र ८ हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । त्यस्तै स्कटल्यान्ड ८ खेलमा ४ जित र ३ हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । त्यस्तै नामिबिया ७ खेलमा ४ जित र ३ हार सहित ८ अंक सहित चौथो स्थानमा छ । त्यस्तै युएई ७ खेलमा समान ३ जित र ३ हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । यता नेपाल भने ७ खेलमा ३ जित र ४ हार सहित ६ अंकका साथ छैटौं स्थानमा छ । त्यस्तै पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै सबैभन्दा पुछारमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!