PL: चेन्नईद्वारा मुम्बई पराजित, धोनीको टिम सबैभन्दा माथि (अंक तालिका)

Posted on: 19 Sep, 2021

असोज ३, काठमाडौँ | चेन्नई र मुंबईबीच बीच भएको म्याचसँगै IPL 2021 सिजन २ सुरु भएको छ । खेलको शुरुआत खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डिएन्सलाई २० रनले पराजित गरेको छ । 

आईपीएलको बाँकी रहेका खेल हाल संयुक्त अरब इमिरेट्स (UAE) मा हुँदैछ । धोनीको कप्तानीमा रहेको चेन्नईले मुंबईसामु जीतको लागि १५७ रनको लक्ष्य दिएको थियो । मुम्बईको टीमले उक्त लक्ष्य २० ओभरमा ८ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्दा चेन्नईले यो सिजनमा मुंबईबाट व्यहोरेको हारको बदला लिएको छ । 

खेल जितेसँगै चेन्नई पोइन्ट्स टेबलमा १२ अंक पाएर पहिलो स्थानमा उक्लिएको छ । चेन्नईको जितको लागि ड्वेन ब्रावोले सबैभन्दा बढी ३ विकेट लिएका थिए ।

मुम्बईले अव बिहिबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । चेन्नईले शुक्रबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । कोरोना महामारीको कारण गत वैशाखमा स्थगित भएको आइपिएल २०२१ का बाँकी खेलहरु आइतबारदेखि सुरु भएका हुन् ।

अंक तालिका

चेन्नई सुपर किंग्स ८ खेलमा ६ जित र २ मा हार सहित १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक भएपनि नेट रनरेटका कारण दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ ।

त्यस्तै राजस्थान रोयल्स ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ५ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै छैटौं स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!