ईपीएल : विराटनगरलाई हराउँदै चितवनको विजयी शुरुवात

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्स विजयी भएको छ । टियु क्रिकेट मैदानमा विराटनगर वारियर्समाथि दुई विकेटको जित हात पार्दै चितवनले जित हात पारेको हो ।

विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍याे । चितवनको जितमा राजेश पुलामीले अविजित रहँदै सर्वाधिक ४३ रन बनाए । 

यस्तै भीम सार्कीले ३० तथा दिलिप नाथले २३ रन जाेडे भने करिम जनत १९ रन तथा इशान पाण्डे १० रनमा आउट भए । कप्तान सोमपाल कामी ९, सेकुगे प्रसन्न ३ तथा कमल सिंह ऐरी र हमद शाहजाद १ रनमा आउट भए । विराटनगरका सिकन्दर राजा र करण केसीले समान २/२ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

यस्तै अनिल शाहले ३२ र सौरभ खनालले अविजित ३० रन बनाएका थिए । बिक्रम भुसालले ७ रन जोडे । अनिल खरेल शून्य रनमा अविजित रहे । चितवनका कप्तान सोमपाल कामी, कमल सिंह ऐरी, करिम जनत र सागर ढकालले २–२ विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!