IPL क्रिकेट: उपाधिका लागि आज चेन्नई र कोलकाता भिड्दै

Posted on: 15 Oct, 2021

असोज २९, काठमाडौँ | आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

नेपाली समय अनुसार राति ७:४५ बजे दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

चेन्नई र कोलकाता दुबै टिम उपाधि जित्ने योजनामा छन् । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौंथो पटक आईपीएलको उपाधि जित्ने योजनामा छ । उत्कृष्ट प्रदर्शन गरिरहेको चेन्नई पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनल पुगेको हो ।


कोलकाता भने तेस्रो पटक आईपीएलको उपाधि जित्ने लक्ष्यमा छ । कोलकाताले दोस्रो क्वालिफायरमा दिल्लीलाई नै हराएको थियो ।

चेन्नई र कोलकाताबीचको पछिल्ला पाँच भेटमा चेन्नईले ४ जित निकाल्दा कोलकाताले एक मात्र जित हात पारेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!