३ कि.मि खुल्ला दौड प्रतियोगितामा पुरुष तर्फ दिपेन्द्र र महिला तर्फ सुनमाया प्रथम

Posted on: 29 Aug, 2016

नन्दराम जैशी, भदौ १३, जुम्ला । जुम्लामा आज भएको ३ किलोमिटर खुल्ला पुरुष तथा महिला दौड प्रतियोगितामा पुरुष तर्फ दिपेन्द्र बम र महिला तर्फ सुनमाया बुढा प्रथम हुनुभएको छ । प्रतियोगितामा पुरुष तर्फ दिपेन्द्र बमले ३ किलो मिटर दौड ५ मिनेट २८ सेकेन्ड र महिला तर्फ सुनमाया बुढाले ५ मिनेट ३२ सेकेन्ड लगाएर प्रथम हुन सफल हुनु भएको हो ।

राष्ट्रिय खेलकुद परीषदको ५३ औ बार्षिक उत्सब तथा खेलकुद दिवसको अवसरमा जिल्ला खेलकुद विकास समिति जुम्लाले प्रतियोगिताको आयोजना गरेको थियो । जसमा ३ किलो मिटर दौड ५ मिनेट २९ सेकेन्डमा पार गर्दै पुरुष तर्फ गोविन्द प्रसाद अधिकारी द्धितिय र ५ मिनेट ३४ सेकेन्डमा पार गर्दै नरेश बुढा तृतिय हुन सफल हुनु भएको छ । यस्तै महिला तर्फ ३ किलो मिटर दौड ५ मिनेट ४१ सेकेन्डमा पार गर्दै पुर्णलक्ष्मी न्यौपाने द्धितिय र ६ मिनेट २ सेकेन्डमा पार गर्दै मञ्जु रावत तृतिय हुनु भएको एथेलिटिक्स धावक तथा खेल प्रशिक्षक हरी बहादुर रोकायाले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार विजेता खेलाडिलाइ आजै खेलकुद दिवसको अवसरमा पुरस्कार वितरण गरीएको छ । खेलमा प्रथम, द्धितिय र तृतिय हुने खेलाडिलाइ स्टेशनरी समानका साथ प्रमाणपत्र पुरस्कार दिइएको न्यौपानेले बताउनुभयो राखेपकोे ५३ औ बार्षिक उत्सब तथा खेलकुद दिवसको अवसरमा बोल्दै जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष हरि प्रसाद श्रेष्ठले जिल्लाको खेल क्षेत्रको विकासमा सबै निकाय एकजुट हुनुपर्ने बताउनुभयो । हरेक ब्यक्ति स्वस्थ्य हुनका लागि कुनै न कुनै खेलकुदका क्रियाकलापमा दैनिक संलग्न हुनुपर्ने उहाको भनाइ छ । खेल प्रतियोगिता तथा कार्यक्रम नेपालि सेनकोखेल मैदान टुडिखेलमा सम्पन्न भएको हो ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!