१६ सेकेण्डमै खेल रोकियो, खेलाडी बेहोस बने

Posted on: 30 Aug, 2016

भदौ १४, बेलायत | बेलायतमा फुटबल खेल सुरु भएको १६ सेकेण्डमै रोकिएको छ । सोमबार राति भएको नन लिग खेल अन्तर्गत एक खेलाडीको टाउकोमा चोट लागेपछि १६ सेकेण्डमै खेल रोकिएको हो । 

नर्विच युनाइटेड र सोहम टाउनबिचको खेलमा नर्विचका डिफेन्डर एण्डी इस्टो टाउकोमा चोट लागेपछि बेहोस भए । अर्का खेलाडीसँगको ट्याकलको क्रममा इस्टोको टाउको ठोक्किएको हो । सोमबार उनको ३० औं जन्मदिन पनि थियो ।

इस्टो बेहोस भएलगतै खेल रोकियो । उनलाई तत्काल अस्पताल लगिएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको तर मष्तिस्कमा असर भने नपरेको क्लबले जनाएको छ । रेम्यान लिग डिभिजन वन नर्थको खेल दुवै क्लबका प्रशिक्षकको परामर्शमा रोकिएको हो । 

– स्रोत : बिबिसी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!