खेलाडीको रुपमा जापान पुगी उतै लुकेकाहरुले टिकट रद्द गरेको खुल्यो

Posted on: 31 Aug, 2016

भदौ १५, काठमाडौं । क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं र्फकने टिकट जापानबाटै रद्द गराएको खुलेको हो ।

१५ दिनको भिसासहित जापान लगिएका उनीहरु जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ । अध्यागमन विभागका अनुसानर अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् ।

ती गैरखेलाडीले पहिले नै बुकिङ गरिसकेको आफ्नो फर्कने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको आजको अन्नपूर्णमा समाचार छ । गत जुलाईमा जापानमा आयोजना हुने होन्डा कप क्रिकेट प्रतियोगितामा सहभागी हुन १८ सदस्यीय टोली त्यसतर्फ लगेको थियो ।

त्यसमा सातजना क्रिकेटर, दुईजना पदाधिकारी र नौजना गैरखेलाडी थिए । टोलीमा समावेश सातजना क्रिकेटर र दुईजना पदाधिकारी यसअघि नै नेपाल फर्किसकेका छन् ।

गैरखेलाडीमा रामसुर बुढा, सञ्जीव बुढा, रोमी राना, सूर्य वानियाँ, नरेन्द्र बुढा लगायत गरका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!