नेपालमा ‘क्रिकेट विकास बोर्ड’ गठन गर्न आइसीसी सहमत

Posted on: 04 Sep, 2016

भदौ १९, काठमाडौं । नेपाल भ्रमणमा रहेको आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसन नेतृत्वको तीन सदस्यीय टोलीले आइबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । भेटकै अवसरमा सरकार र अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) नेपाली क्रिकेटको समस्या समाधानका लागि ‘क्रिकेट विकास बोर्ड’को अवधारणामा जान सहमत देखिएका छन् ।

नेपालमा ‘क्रिकेट विकास बोर्ड’ गठन गर्न आइसीसी सहमत भएसंगै यसको तयारीका लागि आजै एक समिति गठन गरिने भएको छ । प्रधानमन्त्री सहित युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशव विष्ट र आईसीसी तीन सदस्यीय टोली समेतको सहभागीतामा भएको छलफलमा नेपाली पक्षले अब क्रिकेट एशोसिएसनको सट्टा क्रिकेट विकास बोर्डको अवधारणामा जाने प्रस्ताव राखेको छ । जुन प्रस्तावमा आइसीसीले सहमति प्रकट गरेको छ । 

बालुवाटार बैठकमा तत्काल एउटा समिति गठन गर्ने सहमति भएको छ । यसको नाम नर्मलाइज कमिटी वा सल्लाहकार समिपचि के दिने भन्ने टुंगो लागेको छैन । 'यस्तो समिति ५ देखि ७ सदस्यीय हुन्छ' रापेख सदस्य सचिव विष्टले भने । उनका अनुसार सबै पक्षबाट नाम लिएर आजै यसको घोषणा हुनेछ । अपराहृन ४ बजे पत्रकार सम्मेलन समेत राखिएको छ ।

नेपाल क्रिकेट संघको व्यवस्थापनमा लगातार विवाद देखिएपछि आईसीसीले चार महिना अघि क्यानलाई निलम्बन गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!