पर्वत बाङमयद्धारा खेलकुद सामाग्री वितरण

Posted on: 09 Sep, 2016

भदौ २४, पर्वत ।  अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३७ औं शिक्षा दिवस पर्वतमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको  अबसरमा पर्वत बाङमय प्रतिष्ठान पर्वतले ३७ औं शिक्षा दिवसको अबसर पारेर शिवालय उमावि कुश्मालाई खेलकुदका सामाग्री वितरण गरेको छ । खेलकुद सामाग्रीमा भलिबल, फुटबल , नेट, क्रिकेट बल र ब्याट लगाएतका सामाग्री वितरण गरेको हो । प्रतिष्ठानका अध्यक्ष जेवि सेभेनको आर्थिक सहयोगमा उक्त खेलकुद सामाग्री उपलब्ध    गराइएको हो । उनी हाल अमेरिकामा रहेका छन् ।

उक्त खेलकुद सामाग्र्री बाङमयका सचिव शंकर गिरीले जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलको रोहवरमा शिवालय उमाविका खेलकुद शिक्षक लेखनाथ उपाध्याय र मेघनाथ शर्मालाई हस्तान्तरण गरेका हुन् । जिल्ला शिक्षा कार्यालयले दिवसको अबसरमा प्रभातफेरी तथा जिल्लामा       रहेका बौद्धिक बर्ग तथा शिक्षक, अभिभावक र विद्यार्थी विच     अन्तरक्रिया गरी मनाएको थियो ।


बर्राचौर ९ मा रहेको आम्बारी निमावि जिल्लाकै सरसफाइयुक्त नमुना विद्यालय घोषणा भएको छ । सरसफाइको लागि आवश्यक पर्ने पानी, चर्पीको प्रयोग लगायतका अन्य फोहोर व्यवस्थापनमा विद्यालयले आवश्यक कदम चालेपछि जिल्लाकै पहिलो नमूना सरसफाइयुक्त विद्यालय भएको हो ।

विद्यालयले सरसफाइको लागि आवश्यक पर्ने पानी, धारा, शौचालय, फोहोरको व्यवस्थापन गर्न सकेका कारण जिल्लाकै पहिलो नमूना सरसफाईयुक्त विद्यालय बन्न सफल भएको विद्यालयले जनाएको छ । यसैविच जिल्लाका पश्चिमाञ्चल नेपाल ग्रामिण खानेपानी तथा       सरसफाइ परियोजना (वास) अन्तरगत  कार्यक्रम संचालन भएका जिल्लाका १६ गाविस मध्ये बर्राचौरका ३, ५ र ७ पूर्ण सरसफाई युक्त वडा घोषणा भएका छन् । वास परियोजना लागू भएका गाविसमध्ये पहिलो पटक जिल्लामा बर्राचौर गाविसका उक्त वडा पूर्ण सरसफाईयुक्त गाविस घोषणा भएको हो । विहिबार  उक्त गाविस र विद्यालयलाइ्र्र पूर्ण सरसफाईयुक्त गाविस घोषणा गरिएको थियो ।



 

यस बिषयमा तपाइको प्रतिक्रिया...!