अखिल क्रान्तिकारी काठमाडौँले उपत्यका स्तरीय इन्टर कलेज फुटसल प्रतियोगिता गर्ने

Posted on: 11 Sep, 2016

भदौ २६, काठमाडौं अखिल(क्रान्तिकारी) काठमान्डौ क्याम्पस जिल्ला समितीले उपत्यका व्यापी इन्टर कलेज फुटसल पतियोगिता गर्ने भएको छ।  झन्डै १ लाख राशी बराबरको प्रतियोगितामा झन्डै उपत्यकाका ३० कलेजहरुले भाग लिने भएका छन। कार्यक्रम असोज ५ गते उद्घाटन हुनेछ।

रेवुलुसनरी फुटसल कप'को यो दोश्रो सँस्करण हो । मध्य बानेश्वर स्थित बानेश्वर फुटसल एयान्ड रिक्रीएसन सेन्टरमा हुने उक्त प्रतियोगितामा उल्लेख्य उत्साह जनक उपस्थिती हुने क्याम्पस जिल्ला संयोजक पवन कार्कीले बताए र साथै कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीद्वारा गराइने जानकारी दिए ।

टीम दर्ताको लागि अशोज ३ गतेसम्म समय छुट्टाइएको जानकारी संगठनका क्याम्पस जिल्ला इन्चार्ज अर्जुन थापाले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!