मैत्रीपूर्ण फुटबल प्रतियोगिता

Posted on: 15 Sep, 2016


भाद्र ३० पर्वत । उद्योग बाणिज्य संघ पर्वत र पर्वत जेसिज विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।  जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत पाँचौ दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।
    खेलमा जेसिजले ७ का विरुद्ध १ गोलले विजय भएको थियो । जेसिजबाट अच्यूत पौडेल, अशोक गूरुङ र रुपलाल पुनले समान २÷२ गोल गरे भने अर्जुन चापागाईले १ गोल गरे । उवासंघको तर्फबाट अनिश पुनले पेनाल्टीमार्फत १ गोल गरेको कार्यक्रम संयोजक गणेश पौडेलले  जानकारी दिए । उक्त प्रतियोगिता शसस्त्र प्रहरी बल चण्डिका गणमा भएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज स्लो बाइक रेस प्रतियोगिता हुदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!