नेपाली यूवा पियूषले लण्डनमा हात पारे 'फेस अफ दी वर्ल्ड' को तेस्रो स्थान

Posted on: 19 Sep, 2016

असोज,काठमाडौँ । नेपाली मोडल पियूष कर्णले लण्डनमा आयोजना भएको 'फेस अफ दी वर्ल्ड २०१६' मा तेस्रो स्थान हात पारेका छन् । 

'फेस अफ दी वर्ल्ड २०१६' मा नेपाललाई प्रतिनिधित्व गर्दै उनले उक्त प्रतियोगीतामा तेस्रो स्थान हात पारेका हुन् । १७ सेप्टेम्बरमा लण्डनको बर्लिङ्गटन होटलमा भएको फेस अफ दी वर्ल्ड २०१६ पियूषले बेस्ट रनवे विनर २०१६ को  उपाधि पनि हात परेका छन् । 

“फेस अफ दी वल्र्ड २०१६” मा पहिलो पटक नेपालबाट मोडल पियूष कर्णले सहभागिता जनाएका हुन् । पियूषले नेपाललाई विश्वमाझ चिनाउनका लागि आफ्नो प्रयास सफल भएको बताएका छन् । लण्डनबाट पियूषले दिएको जानकारी अनुसार उनी 'फेस अफ दी वर्ल्ड' नेपालका डायरेक्टरमा पनि नियुक्त भएका छन ।  

पियूष २२ सेप्टेम्बरमा नेपाल फर्किदैछन् । नेपाल र भारतका विभिन्न ठाउँमा भएका र्याम्प शोमा समेत आफ्नो बाक्लो उपस्थिति जनाइसकेका पियूसले नेपालका केही फेसन शोको निर्णायक भएर पनि काम गरिसकेका छन् । बीरगञ्ज घर भई हाल काठमाडौंमा बस्दै आएका उनले बैंङलोरबाट उच्च शिक्षा हासिल गरेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!